काठमाडौँ । डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ ।

उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजारको एक मासिक किस्ता हुनेगरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ ।

ADVERTISEMENT

उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

ADVERTISEMENT

१७ करोड ५८ लाख बक्यौता रहेको सिमराकै अर्को अशोक स्टिलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिई पहिलो किस्ता ६३ लाख बुझाएको हो ।

ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने कम्पनी र उद्योगले बक्यौता नतिरे लाइन काट्ने चेतावनी दिएपछि धमाधम बक्यौता तिर्न लागिएको हो । कुलमान प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि महसुल बक्यौता नतिर्नेको लाइन काट्दै आएका थिए ।

ADVERTISEMENT