काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्र सोनार नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सोनालले आफ्नो नेतृत्वमा पाँच दलीय गठबन्धनसहितको दाबी पेस गरेका थिए । अब मधेस प्रदेशमा जसपा नेपाल, लोसपा, नेकपा एस, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गठबन्धनको सरकार भएको छ ।

नियुक्ति पत्र बुझ्दै मुख्यमन्त्री सोनलले जेनजी आन्दोलन पछि शून्यतामा पुगेको प्रदेशमा सुशासन कायम गर्न काम गने बताए । उनले गठबन्धनका पाँच वटै दल मिलाएर अहिलेका लागि सानो मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।