काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने भएका छन् । दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मतका लागि मंगलबार व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,प्रदेश सभामा मुख्यमन्त्री सिंहले पठाएको पत्रमा भनिएको छ ।

यसअघि जनमतले गत ३१ भदौमा मुख्यमन्त्री तथा मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।