न्युयोर्क । रूसी विदेशमन्त्री सर्गेई लावरोभले युक्रेनसँगको द्वन्द्वका मूल कारण सम्बोधनका लागि वार्ता गर्न तयार रहेको बताएका छन् ।

लावरोभले रूसको सुरक्षा गर्न र युक्रेनमा रहेका रूसी जनता तथा रूसी भाषीहरुको अधिकार पुनः स्थापनाको महत्वलाई जोड दिँदै यस्तो बताएका हुन् ।

ADVERTISEMENT

संयुक्त राष्ट्रसंघको ८०औँ सत्रमा बोल्दै उनले मस्कोको अधिकार र चासोको विश्वसनीय सम्मानमा आधारित भएमा रूस युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न तयार रहेको बताएका हुन् ।

ADVERTISEMENT

द्वन्द्वले राष्ट्रहरूबिचको सार्वभौमसत्तामा समानताको सिद्धान्तको गम्भीर उल्लंघन गर्नुका साथै न्याय र विश्वासलाई कमजोर पारी संकट र द्वन्द्व उत्पन्न गर्ने लावरोभले बताए ।

उनले सम्बन्धित राष्ट्रहरूको सैन्य शक्ति, जनसङ्ख्याको आकार वा आर्थिक स्थितिको परवाह नगरी अन्तर्राष्ट्रिय प्रणालीमा सबै राष्ट्रहरूको उचित स्थिति सुनिश्चित गर्न पनि आह्वान गरे ।
लावरोभले पश्चिममको बल प्रयोग वा धम्कीबाट टाढा रहने सिद्धान्तलाई धेरैपटक उल्लंघन गरेको उल्लेख गर्दै यसले पश्चिम एसियाको स्थिरतालाई झनै कमजोर पारेको बताए ।

ADVERTISEMENT

द्वन्द्वको समयमा, प्यालेस्टिनीहरूविरुद्ध इजरायलद्वारा गैरकानुनी बलको प्रयोग, साथै इरान, कतार, यमन, लेबनान, सिरिया र इराकलाई लक्षित गर्ने आक्रामक उपायहरूले सम्पूर्ण क्षेत्रलाई भड्काउने खतरा खडा गरेको उनले जनाएका छन् ।

रूस-अमेरिका सम्बन्धको सन्दर्भमा, ल्याभरोभले युक्रेनी संकटको व्यावहारिक समाधानका लागि राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिचको अलास्का शिखर सम्मेलनपछि रूसको आशा मस्को र वासिङ्टनबिचको वार्ताको निरन्तरतामा निहित रहेको बताए ।