काठमाण्डौ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवार र घाइतेलाई रोजगारी दिइने निर्णय गरेका छन ।
सोमबार पदभार ग्रहण गदै मन्त्री सिन्हाले जेन–जी आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।
उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा गरेका छन ।
उनले केही महँगो भए पनि पुनर्निर्माण गर्दा स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए ।








