काठमाडौं – सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरूको कर्जा तथा अग्रिम लगानी एक वर्षको अवधिमा झन्डै तीन खर्ब ८९ अर्ब रुपैयाँले बढेर ५३ खर्ब ५२ अर्ब रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०२५ को मध्य–जुलाईमा ४९ खर्ब ६३ अर्ब १४ करोड ६० लाख रुपैयाँ रहेको बैंकहरूको कुल कर्जा २०२६ को मध्य–जुलाईमा ५२ खर्ब ८८ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । त्यसपछि मध्य–अगस्ट २०२६ मा ५३ खर्ब ५२ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको भनाई छ ।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा बाँणिज्य बैंकहरुको तीन खर्ब ८९ अर्ब रुपैंयाँले कर्जा बिस्तार भएको छ । २०२५ को मध्य–जुलाईमा वाणिज्य बैंकहरूको कुल कर्जा ४९ खर्ब ६३ अर्ब १४ करोड ६० लाख रुपैयाँ थियो । २०२६ को मध्य–जुलाईमा यो रकम ५२ खर्ब ८८ अर्ब ३७ करोड रुपैयाँ पुगेको देखिन्छ । यस अवधिमा कर्जा करिब छ दशमलव ५३ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT

त्यसको अर्को एक महिनामा, अर्थात् मध्य–अगस्ट २०२६ मा कुल कर्जा ५३ खर्ब ५२ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ । मध्य–जुलाईदेखि मध्य–अगस्ट २०२६ सम्म मात्रै कुल कर्जामा एक दशमलव २१ प्रतिशत वृद्धि भएको छ । रकमका आधारमा यो एक महिनामा करिब ६३ अर्ब ८९ करोड रुपैयाँको वृद्धि हो, राष्ट्र बैंकले भनेको छ ।

कुल कर्जा बिस्तार मध्येमा थोक तथा खुद्रा व्यापार सबैभन्दा ठूलो कर्जा प्राप्त गर्ने क्षेत्रमध्ये प्रमुख देखिएको छ । यस क्षेत्रमा २०२३ को मध्य–जुलाईमा आठ खर्ब ९६ अर्ब ४१ करोड ४० लाख रुपैयाँ कर्जा रहेकोमा २०२४ को मध्य–जुलाईमा नौं खर्ब १० अर्ब १६ करोड २० लाख रुपैयाँ पुगेको थियो ।

ADVERTISEMENT

२०२५ को मध्य–जुलाईमा नौं खर्ब ४६ अर्ब ९ करोड १० लाख रुपैयाँ पुगेको कर्जा २०२६ को मध्य–अगस्टमा ९ खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । २०२५ को मध्य–जुलाईदेखि २०२६ को मध्य–जुलाईसम्म यस क्षेत्रमा कर्जा तीन दशमलव ९५ प्रतिशतले बढेको छ भने त्यसपछिको एक महिनामा थप दुई दशमलव ३० प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार उपभोग कर्जा पनि बैंकहरूको ठूलो लगानी क्षेत्रका रूपमा देखिएको छ । २०२३ को मध्य–जुलाईमा सात खर्ब ६८ अर्ब ४७ करोड ८० लाख रुपैयाँ रहेको उपभोग कर्जा २०२४ मा आठ खर्ब ४१ अर्ब २२ करोड ५० लाख रुपैयाँ र २०२५ मा नौं खर्ब ६० अर्ब ८७ करोड ९० लाख रुपैयाँ पुगेको थियो । २०२६ को मध्य–जुलाईमा ११ खर्ब ४२ अर्ब २२ करोड ५० लाख रुपैयाँ पुगेको यो कर्जा मध्य–अगस्टमा ११ खर्ब ५२ अर्ब ५ करोड १० लाख रुपैयाँ पुगेको छ ।

२०२५ को मध्य–जुलाईको तुलनामा २०२६ को मध्य–जुलाईमा उपभोग कर्जा १४ दशमलव २२ प्रतिशतले बढेको छ । एक महिनाको अवधिमा पनि यसमा शुन्य दशमलव ८६ प्रतिशत वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय कृषि तथा वन क्षेत्रमा कर्जा भने घटेको छ । अर्थतन्त्रको आधार मानिने कृषि तथा वनसम्बन्धी क्षेत्रमा भने कर्जाको प्रवृत्ति कमजोर देखिएको छ ।

२०२३ को मध्य–जुलाईमा यस क्षेत्रमा तीन खर्ब ३० अर्ब ८ करोड ६० लाख रुपैयाँ कर्जा रहेकोमा २०२४ मा तीन खर्ब २३ अर्ब ९४ करोड २० लाख रुपैयाँ र २०२५ मा ३ खर्ब १८ अर्ब ६५ करोड १० लाख रुपैयाँमा झरेको थियो । २०२६ को मध्य–जुलाईमा तीन खर्ब तीन अर्ब ९० करोड ७० लाख रुपैयाँ पुगेको यो कर्जा मध्य–अगस्टमा थप घटेर दुई खर्ब ९९ अर्ब ७१ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।

२०२५ को मध्य–जुलाईदेखि २०२६ को मध्य–जुलाईसम्म कृषि तथा वनसम्बन्धी कर्जा एक दशमलव ६३ प्रतिशतले घटेको छ । मध्य–जुलाईदेखि मध्य–अगस्टसम्म पनि यसमा एक दशमलव ३८ प्रतिशत गिरावट आएको छ । २०२३ को मध्य–जुलाईको तुलनामा पछिल्लो तथ्यांकको कर्जा रकम समेत कम छ ।

राष्ट्र बैंकका अनुसार विद्युत्, ग्यास तथा पानीसम्बन्धी क्षेत्रमा कर्जा विस्तार उल्लेखनीय देखिएको छ । २०२३ को मध्य–जुलाईमा दुई खर्ब ९८ अर्ब ८६ करोड ९० लाख रुपैयाँ रहेको कर्जा २०२४ मा तीन खर्ब ६५ अर्ब २४ करोड ८० लाख रुपैयाँ र २०२५ मा चार खर्ब ३२ अर्ब २३ करोड ९० लाख रुपैयाँ पुगेको थियो । २०२६ को मध्य–जुलाईमा पाँच खर्ब आठ अर्ब ७० करोड ७० लाख रुपैयाँ पुगेको कर्जा मध्य–अगस्टमा पाँच खर्ब १२ अर्ब ५६ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

२०२५ को मध्य–जुलाईदेखि २०२६ को मध्य–जुलाईसम्म यस क्षेत्रमा कर्जा १८ दशमलव ३४ प्रतिशतले बढेको छ । एक महिनामा भने वृद्धि शुन्य दशमलव ७६ प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ । निर्माण क्षेत्रमा भने २०२३ को मध्य–जुलाईमा एक खर्ब ६७ अर्ब ५० करोड २० लाख रुपैयाँ कर्जा रहेकोमा २०२४ मा एक खर्ब ८२ अर्ब ८६ करोड रुपैयाँ र २०२५ मा दुई खर्ब चार करोड नौं लाख रुपैयाँ पुगेको थियो ।

२०२६ को मध्य–जुलाईमा दुई खर्ब ४१ अर्ब ३२ करोड ५० लाख रुपैयाँ पुगेको कर्जा मध्य–अगस्टमा दुई खर्ब ४४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ पुगेको छ । २०२५ को मध्य–जुलाईदेखि २०२६ को मध्य–जुलाईसम्म निर्माण क्षेत्रमा कर्जा ११ दशमलव ५७ प्रतिशतले बढेको छ भने त्यसपछिको एक महिनामा एक दशमलव ४३ प्रतिशत वृद्धि भएको छ ।