काठमाडौं । केयरगिभरमा इजरायल पठाउने भन्दै ठगी गरेको प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेस केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

ADVERTISEMENT

यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्कासहित अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ रहेका छन्।

ADVERTISEMENT

अदालतले अन्य प्रतिवादीको बयानमा खड्काको संलग्नताबारे उल्लेख नभएको र पीडितहरूले दिएको जाहेरीमा पनि खड्काले रकम लिएको वा कसुरमा संलग्न रहेको देखाउने तथ्य उल्लेख नभएको आधारमा उनलाई थुनामा राखेर अनुसन्धान नगर्न आदेश दिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुरुमा पक्राउ परेका व्यक्तिविरुद्ध ठगीको कसुरमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता खुलेको र संगठित रूपमा काम गरेको देखिएपछि प्रहरीले संगठित अपराधको कसुरसमेत लगाएको थियो।

ADVERTISEMENT