काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्त भएका छन्। गृह मन्त्रालयले पदीय आचरणविपरीत काम गरेको भन्दै उनलाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दाहाललाई सेवाबाट हटाइएको जानकारी दिएका छन्। मन्त्रालयको विज्ञप्तिअनुसार उनलाई आजैदेखि लागू हुने गरी बर्खास्त गरिएको हो।

ADVERTISEMENT

सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले उनलाई १९ असोजमा पदबाट निलम्बन गरेको थियो। त्यसपछि सशस्त्र प्रहरीले दाहालमाथि कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

ADVERTISEMENT

घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गर्न मन्त्रालयले जाँचबुझ अधिकृतसमेत तोकेको थियो।

गृह मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, गोप्य सूचना चुहावट तथा शान्ति सुरक्षामा असर पार्न सक्ने क्रियाकलापमाथि सूक्ष्म निगरानी र विश्लेषण गरिरहेको जनाएको छ।

ADVERTISEMENT