काठमाडौं । सरकारले चाडपर्वका बेला पनि स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार सिंहदरबारमा आयोजित प्रेस ब्रिफिङमार्फत यस्तो जानकारी दिएको हो।

ADVERTISEMENT

कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालका अनुसार चाडपर्वका बेला सेवा अवरुद्ध हुन नदिन आवश्यक जनशक्ति, औषधि, उपकरण र आकस्मिक सेवा तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई पत्राचार गरिएको छ।

ADVERTISEMENT

नागरिकले अत्यावश्यक सेवा लिन अनावश्यक सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यले सेवा नियमित सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए।

लगानी सहज बनाउन नयाँ कार्यविधि बन्दै

ADVERTISEMENT

यसैबीच, सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्न लगानीसम्बन्धी सेवा सरल, पारदर्शी, समयबद्ध र पूर्वानुमानयोग्य बनाउने तयारी गरेको छ।

प्रवक्ता अर्यालका अनुसार यसका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा तयार भइरहेको छ।

उक्त कार्यविधिले लगानीसम्बन्धी प्रक्रिया व्यवस्थित र सहज बनाउँदै स्वदेशी तथा विदेशी लगानी बढाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।