काठमाडौं । नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ।
नयाँ डिलरमार्फत घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि कजारियाका आधुनिक तथा प्रिमियम टायल कलेक्सन ग्राहकले सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
प्राधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन असोज ५ गते सोमबार बिहान ११ः३० बजे हुने कम्पनीले जनाएको छ। उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालको प्रमुख आतिथ्यता रहनेछ।
ग्यालरीमा कजारियाका वाल तथा फ्लोर टायल्सका विभिन्न प्रिमियम कलेक्सन उपलब्ध हुनेछन्। ग्राहकले विभिन्न डिजाइन, टेक्सचर, फिनिसिङ तथा साइजका टायल एउटै स्थानमा अवलोकन गरी आफ्नो आवश्यकता र परियोजनाअनुसार छनोट गर्न सक्नेछन्।
नयाँ डिलरबाट घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनरलगायत निर्माण क्षेत्रसँग सम्बन्धित ग्राहकलाई कजारियाका उत्पादन प्राप्त गर्न थप सहज हुने कम्पनीको भनाइ छ।
उद्घाटन समारोहकै अवसरमा कजारिया रमेश टायल्सले प्राधान हार्डवेयर ग्यालरीलाई आधिकारिक डिलरको प्रमाणपत्रसमेत प्रदान गर्नेछ।
कम्पनीका अनुसार कजारिया रमेश टायल्सका नेपालभर १०० भन्दा बढी शोरुम रहेका छन्। कम्पनीले ३ हजारभन्दा बढी आधुनिक डिजाइन विकल्पसहित ग्लेज्ड भिट्रिफाइड, सेरामिक वाल तथा हेभी ड्युटी भिट्रिफाइड टायल्स बिक्री गर्दै आएको जनाएको छ।
कम्पनीले आफ्ना उत्पादन पानी तथा दाग प्रतिरोधी, मजबुत र आधुनिक डिजाइनयुक्त रहेको दाबी गरेको छ। साथै, कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तरसम्बन्धी मान्यता प्राप्त गरेको जनाएको छ।







