काठमाडौं । नुवाकोटको देवीघाटमा रसुवाको भोटेकोशी नदीका आएको बाढीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ।

नेपाली सेनाकाे पाँच दिनकाे लगाएरकाे मेहनतसँगै बुधबार साँझ एक्रो ब्रिज भनिने नयाँ पुल जडानको काम सकेको हो । नयाँ पुल बिहीबारदेखि पैदलयात्रीका लागि खुला रहने र शुक्रबारदेखि गाडी चल्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

ADVERTISEMENT

यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो । सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीयबासी व्यापारी तथा यात्रुहरुलाई राहत मिलेको छ ।

ADVERTISEMENT