काठमाडौं । स्मार्टफोन ब्रान्ड अनरले १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेजसहितको अनर ६०० प्रो को नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ भेरियन्टको मूल्य १ लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ। यसअघि नेपालमा अनर ६०० प्रो १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजसहित १ लाख २९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुँदै आएको थियो।

अनर ६०० प्रोमा ६.५७ इन्चको १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ, जसले अधिकतम ८ हजार निट्ससम्मको ब्राइटनेस प्रदान गर्छ। स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ। यसले गेमिङ, मल्टिटास्किङ तथा हेभी एप्लिकेसन सञ्चालनमा उच्च प्रदर्शन दिने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

फोटोग्राफीका लागि फोनमा २०० मेगापिक्सेल मुख्य क्यामेरा, ५० मेगापिक्सेल टेलिफोटो र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा रहेको छ। टेलिफोटो क्यामेराले ३.५ गुणासम्म अप्टिकल जुम सपोर्ट गर्छ। सेल्फी तथा भिडियो कलका लागि ५० मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ।

ADVERTISEMENT

त्यस्तै, फोनमा ७००० एमएएच ब्याट्री र ८० वाट वायर्ड फास्ट चार्जिङ सपोर्ट रहेको छ। ५० वाट वायरलेस तथा २७ वाट रिभर्स वायर्ड चार्जिङको सुविधा पनि उपलब्ध छ। फोन एन्ड्रोइड १६ मा आधारित MagicOS 10 मा सञ्चालन हुन्छ।

नयाँ ५१२ जीबी भेरियन्ट विशेषगरी धेरै फोटो–भिडियो खिच्ने, गेम खेल्ने, कन्टेन्ट निर्माण गर्ने तथा स्मार्टफोनमै ठूलो परिमाणमा डिजिटल फाइल भण्डारण गर्ने प्रयोगकर्ताका लागि लक्षित गरिएको छ। अनरको नेपालस्थित आधिकारिक वेबसाइटमा पनि अनर ६०० प्रो सूचीबद्ध छ।

ADVERTISEMENT