भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलले पराजित गर्दै सिराहाको सलहेस युथ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा मध्यान्तरसम्म गोलरहित बराबरी भएको थियो। खेलको ६२औँ मिनेटमा निसकुमार श्रेष्ठले गोल गर्दै सलहेसलाई अग्रता दिलाए। ७२औँ मिनेटमा फागुराम थारुले दोस्रो गोल थपे। थारु खेलको म्यान अफ द म्याच घोषित भए।

ADVERTISEMENT

सलहेस साविक विजेतासमेत हो। अब बुधबारको दोस्रो सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लब र झापा–११ भिड्नेछन्। फाइनल खेल भदौ १९ गते हुनेछ।प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल तथा टिकट काटेर खेल हेर्ने एक भाग्यशाली दर्शकलाई स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।

ADVERTISEMENT

 

 

ADVERTISEMENT