काठमाडौं, भदौ १५ गते । त्रिशूली नदीमाथिका पुलमा भएको क्षतिका कारण सडक सञ्जालबाट प्रभावित बनेको नुवाकोटको त्रिशूली पारिको भूभागलाई पुनः यातायात सञ्जालमा जोड्ने गरी वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको हो।

ADVERTISEMENT

वैकल्पिक सडक सञ्चालनमा आएपछि नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग पुनः सडकमार्फत जोडिन सहज भएको मन्त्रालयले जनाएको छ।

ADVERTISEMENT

सडक सञ्चालनले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत सहजता हुने अपेक्षा गरिएको छ।

त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न पुलमा क्षति पुगेपछि जिल्लाका केही भूभागको नियमित यातायात सम्पर्क प्रभावित भएको थियो। यस्तो अवस्थामा वैकल्पिक सडक सञ्चालनले प्रभावित क्षेत्रमा आवागमन पुनःस्थापित गर्न महत्वपूर्ण सहयोग पुग्ने देखिएको छ।

ADVERTISEMENT