काठमाडौं, भदौ ८ गते । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्यम (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशतको ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन्। उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ।

‘मेहेनती हातलाई हाम्रो साथ’ भन्ने नारासहित सञ्चालनमा ल्याइएको योजनामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा उपयुक्त वित्तीय सुविधा उपलब्ध गराउने बैंकको उद्देश्य छ।

ADVERTISEMENT

बैंकका अनुसार कर्जामार्फत व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसाय सञ्चालनका विभिन्न आवश्यकताका लागि वित्तीय स्रोत जुटाउन सक्नेछन्।

ADVERTISEMENT

एनआईएमबीले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले साना तथा मझौला व्यवसायको वित्तीय आवश्यकता सम्बोधन गर्दै उद्यमी तथा व्यवसायीको व्यावसायिक विकासमा सहकार्य गर्ने बताएको छ।

ADVERTISEMENT

बैंकले मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य विस्तार गर्दै उनीहरूको व्यवसायिक वृद्धि र समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। पछिल्लो समय बैंकिङ क्षेत्रमा साना तथा मझौला उद्यमलाई लक्षित कर्जा योजनाबीच प्रतिस्पर्धा बढिरहेका बेला एनआईएमबीको यो योजनाले व्यवसायीलाई तुलनात्मक रूपमा कम ब्याजदरमा कर्जा पहुँचको अवसर प्रदान गर्ने बैंकको दाबी छ।