बुटवल । खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै उपभोक्तालाई वितरण थालिएको छ ।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारीले ग्यास बिक्रेता संघ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीसँगको सहकार्यमा ग्यास वितरण थालेको हो ।
मंगलबार बुटवलको बाल मन्दिर र भैरहवाको खाद्य संस्थानमा गरेर एक हजार ६ सय ग्यास सिलिन्डर वितरण भइरहेको छ । यहाँ बुटवल, आरती, सिद्धार्थ, सिद्धिनाथ, त्रिशूल, जानकी, स्वस्तिक, चण्डेश्वरी र लुम्बिनीलगायत ब्राण्डका ग्यास बिक्री–वितरण भइरहेको हो ।
रुपन्देहीमा टन्टलापुर घाम लागेको छ । उपभोक्ता छाता ओढेर भरी सिलिन्डर ग्यास लिन लाइनमा छन् ।






