काठमाडौं । साउनको अन्तिम सोमबारका अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भगवान शिवको पूजाआजा र दर्शनका लागि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
बोलबमको नारा र भजन कीर्तनले पशुपति क्षेत्र गुञ्जायमान बनेको छ । झरीमा रुझ्दै भक्तजन दर्शनका लागि पुगेका छन् ।
गेरुवा वस्त्रमा सजिएका हजारौँ श्रद्धालुहरू जल र बेलपत्र अर्पण गर्न घण्टौँसम्म लाइनमा बसेका छन् । भक्तजनको चापलाई व्यवस्थापन गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पशुपतिनाथ दर्शन गर्नेको चापले गर्दा गौशाला र आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।





