काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियन्सीपमा इन्टरनेसनल टेक्निकल अफिसरको भूमिका निर्वाह गर्न उज्बेकिस्तानको तासकेन्ट प्रस्थान गर्ने सिद्दिकी समसुद्दिनलाई शुभकामनासहित विदाइ गर्नुभएको छ ।

सो प्रतियोगिता साउन २२ देखि २९ तारिखसम्म हुँदैछ । एनओसी अध्यक्ष श्रेष्ठले टेक्लिनल अफिसरहरु खेलकुदको महत्वपूर्ण खम्बा हुन् भन्नुभयो । ‘खेलाडीहरु सबैको केन्द्रमा रहन्छन् तर खेलकुदको विकासमा प्राविधिक जनशक्तिहरु टेक्निकल अफिसर, रेफ्री, प्रशिक्षक, मेनेजर र अन्य सहयोगीको पनि उत्तिकै भूमिका रहेको हुन्छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

ADVERTISEMENT

उहाँले नेपाल भारोत्तोलन संघको निरन्तर प्रयासले नेपालका टेक्निकल अफिसियलहरुले लगातार अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता देखाउन सफल भइरहेकोमा त्यस्तो श्रेय संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई दिनुभयो।

ADVERTISEMENT

उहाँका अनुसार यस्ता प्रयासले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपस्थितिलाई सुदृढ बनाउने गर्दछ । सो विदाई कार्यक्रममा नेपाल भारोत्तोलन संघका सचिव कुमारमान श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।