काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा दोस्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को कार्यक्रमअनुसार हुन लागेको प्रतियोगितामा तीन विधामा प्रतिस्पर्धा हुने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जानकारी दिए । जुनियर ब्वाइजमा १५, सिनियर ब्वाइजमा १६ र सिनियर गर्ल्समा १२ टिम सहभागी हुने छन् ।

जुनियर ब्वाइजको समूह एमा काष्ठमण्डप ‘ए, भक्तपुर निस्ट, त्रियोग र संस्कृति तथा समूह बीमा अक्षरा, बीआईएस, युरो, छाउनी र रोजबड छन् । समूह सीमा काठमाडौं युरो, बानियाँटार, काठमाडौं प्रज्ञा कुञ्ज र कान्जिरोवा तथा समूह डीमा काष्ठमण्डप बी, मेरिडियन, युरो, हात्तीगौडा र इम्पेरियल वर्ल्ड छन् ।

ADVERTISEMENT

सिनियर ब्वाइजको समूह एमा काष्ठमण्डप‘ ए, भक्तपुर निस्ट, रोजबड र जोन डेवी तथा समूह बीमा मेरिडियन, युरो, हात्तीगौडा, संस्कृति र दीक्षालय, समूह सीमा युरो, आउनी, बीआईएस, काठमाडौं प्रज्ञा कुञ्ज, काठमाडौं युरो, बानियाँटार तथा समूह डीमा काष्ठमण्डप बी, इम्पेरियल वर्ल्ड, जिनियस आईबी र कान्जिरोवा छन् ।

ADVERTISEMENT

त्यस्तै सिनियर गर्ल्सको समूह एमा काष्ठमण्डप ए, त्रियोग र भक्तपुर निस्ट तथा समूह बीमा जोन डेवी, एलआरआई र मेरिडियन छन् । काठमाडौं युरो, बानियाँटार, इम्पेरियल वर्ल्ड र संस्कृति समूह सी तथा काष्ठमण्डप बी, युरो, छाउनी र काठमाडौं प्रज्ञा कुञ्ज समूह डीमा छन् ।

तीनै विधाका सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । आठदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपमा हुनेछ । पहिलो दिन १० खेल हुनेछ ।