काठमाडौं । सुनसरीको देवानगन्ज घटनाका अर्का एकजना घाइतेको मृत्यु भएको छ । प्रहरीले त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा रविन्द्र मेहताको मृत्यु भएको जनाएको छ ।

दुई पक्षबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा यसअघि सोही स्थानका दुई युवाको मृत्यु भएको थियो । कप्तानगन्ज घटनामा मेहतासँगै मृत्यु हुनेको संख्या तीनजना पुगेको छ।

अर्का एक युवाको सिरहामा प्रहरीकै गोली लागेर मृत्यु भएको थियो । तराई मधेशमा फैलिएको तनावकै कारण चार युवाले ज्यान गुमाइसकेका छन् । हाल उपचारमा रहेका केहीको अवस्था चिन्ताजनक रहेको बताइन्छ ।

ADVERTISEMENT