काठमाडौं । लोक सेवा आयोगले मधेशका केही जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो परीक्षाको मिति र समय संशोधन गरेको छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै परीक्षार्थीहरूको आवतजावतमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै साउन १६ देखि २१ गतेसम्म आयोगअन्तर्गतका विभिन्न कार्यालयबाट सञ्चालन हुने परीक्षाको तालिका परिवर्तन गरिएको जनाएको हो।

ADVERTISEMENT

संशोधित तालिकाअनुसार साउन १६ गतेदेखि सञ्चालन हुने तय भएका परीक्षा अब साउन २३ गतेदेखि सुरु हुनेछन्।

आयोगले संशोधित परीक्षा तालिकाबारे सम्बन्धित कार्यालयमार्फत जानकारी लिन तथा सार्वजनिक सूचनाअनुसार तयारी गर्न परीक्षार्थीहरूलाई आग्रह गरेको छ।

ADVERTISEMENT

हेर्नुहोस् सूचना–