काठमाडौँ । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

सुरुङमार्गसँगै निर्माण गरिएको बलम्बु फ्लाइओभर पनि सञ्चालनका लागि तयार भएसँगै राजधानीको पश्चिमी नाका सडक बत्तीको उज्यालोले झलमल्ल बनेको छ।

ADVERTISEMENT

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको २.६८ किलोमिटर लामो मुख्य सुरुङमार्गले नागढुंगाको ट्राफिक जाम घटाई काठमाडौं–धादिङ आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ। साथै, २.५५७ किलोमिटर लामो आपतकालीन (रेस्क्यु) सुरुङ पनि निर्माण गरिएको छ।

ADVERTISEMENT

उद्घाटनको पहिलो दिन आपत्कालीन प्रयोजनका सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ भने त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारी सञ्चालनमा ल्याइनेछ।

पैदलयात्री, दुईपांग्रे तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति हुनेछैन। सुरुङमार्ग प्रयोगका लागि सरकारले सवारीसाधनअनुसार शुल्क निर्धारण गरेको छ।

ADVERTISEMENT

आयोजना कोभिड–१९ महामारी, जग्गा अधिग्रहण र मुआब्जा विवादका कारण निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो। जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण भएको यस आयोजनाले नागढुंगा नाकाको ट्राफिक व्यवस्थापन सुधार गर्दै यात्रा समय छोट्याउने तथा राजधानी प्रवेशलाई थप सुरक्षित र व्यवस्थित बनाउने विश्वास सरकारले लिएको छ।