काठमाण्डाै —  भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन बिहीबार तोडेका छन्।

उनले सामाजिक सञ्जाल एक्समार्फत केन्द्रीय मन्त्री जेपी नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाख सर्वोच्च निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन अन्त्य गरेको जानकारी दिएका हुन्।

ADVERTISEMENT

वाङचुकका अनुसार यसअघि विभिन्न राजनीतिक दलका ६५ सांसदहरूले अनशन अन्त्य गर्न आग्रह गर्दै पत्र पठाएका थिए। उनले लामो छलफल र देशमा हिंसाको सम्भावनालाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णय गरेको बताएका छन्।

ADVERTISEMENT

उनले एक्समा लेखेका छन्, “यस विषयमा म चाँडै छुट्टै भिडिओमार्फत विस्तृत जानकारी दिनेछु। त्यसबेलासम्म सबैलाई सतर्क रहन र कतै पनि हिंसा हुन नदिन आग्रह गर्दछु।”

भारतमा एनईईटी–यूजी पेपर लिक प्रकरणको विरोधमा विद्यार्थीहरूले एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेका छन्।

ADVERTISEMENT

वाङचुकले पनि उक्त आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अनशन सुरु गरेका थिए। बिहीबार उनले २६ दिनपछि आफ्नो अनशन औपचारिक रूपमा अन्त्य गरेका हुन्।