नयाँदिल्ली । विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता राहुल गान्धी रिहा भएका छन् । भारतीय सञ्चारमाध्यमले गान्धी बुधबार बिहान रिहा भएकाे उल्लेख गरेका छन् ।

काक्रोच जनता पार्टीको नेतृत्वमा सामाजिक सञ्जाल मार्फत सुरु भएको विरोध प्रदर्शन सन् २०२४ मा मोदी सरकार पुनः निर्वाचित भएपछिको सबैभन्दा ठुलो चुनौतीका रूपमा देखापरेको जनाइएको छ । प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग लगायतका नारा लगाउदै प्रदर्शन गर्दै आएको जनाइएको छ ।

ADVERTISEMENT

भारत सरकारले विद्यार्थीहरूको मागलाई बेवास्ता गरी नयाँ दिल्लीमा जारी प्रदर्शनमा प्रहरी दमन गरेको आरोप लगाउँदै गान्धीले मंगलबार विरोध प्रदर्शनको नेतृत्व गरेका थिए । परीक्षा विवादको व्यवस्थापनलाई लिएर बढ्दो दबाबको सामना गर्दै शिक्षा मन्त्री प्रधानले मंगलबार सरकार सुधारका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

ADVERTISEMENT

सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले सुधार र जवाफदेहिताका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको टिप्पणी गरेका छन् ।

लामो समयपछि राजधानीमा भएको सबैभन्दा ठुलो विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले सुरक्षा बलमाथि ढुंगा प्रहार गरेपछि प्रदर्शनकारीमाथि अश्रुग्याँस र लाठीचार्ज गरेको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा ६० जना सर्वसाधारणका साथै अन्य ११८ जना प्रहरी कर्मचारी घाइते भएको प्रहरीले बताएको छ ।

ADVERTISEMENT

विरोधलाई समर्थन गर्दै मुम्बई र बेंगलुरुमा पनि सयौँ मानिसहरूले प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा शिक्षामन्त्री प्रधानलाई अयोग्य भन्दै सीजेपीले विरोधको तेस्रो दिन बुधबार पनि आफ्नो अभियान जारी राख्ने प्रतिवद्धता जारी गरेको छ ।

हिन्दू राष्ट्रवादी नेताले सन् २०२४ मा तेस्रो कार्यकाल प्राप्त गरेपछि मोदीका लागि सबैभन्दा ठुलो चुनौती प्रस्तुत गर्दै सिजेपीले गत मे महिनामा यसको सुरुवात भएदेखि नै सामाजिक सञ्जालमा लाखौँ अनुयायीहरूलाई आकर्षित गरेको जनाइएको छ ।