पोखरा । निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।

पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ल प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोली आइतबार बिहान निरीक्षणमा पुगेको थियो ।

पहिरोले थुनिएपछि पानी पूर्ण रुपमा निकास हुन सकेको छैन । पहिरोले थुनिएभन्दा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर बढेको उपप्रमुख गुरुङले बताइन् । जसकारण अहिले पोखराको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बाढीको जोखिममा परेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

ADVERTISEMENT