काठमाडौं– बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै हेटौंडा–काठमाडौं जोड्ने दुई प्रमुख राजमार्गमा आज रातिदेखि सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौंडा–भैंसे–काठमाडौं सडक र कान्ति राजमार्गमा मंगलबार साँझ ६ः३० बजेदेखि बुधबार बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिनेछ।

ADVERTISEMENT

प्रशासनका अनुसार असार २८ गतेदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेको छ।

मौसम पूर्वानुमानअनुसार थप वर्षाको सम्भावना रहेकाले बागझोर क्षेत्रमा गेग्रानसहितको भेल आउने जोखिम, भीमफेदीस्थित बेलिब्रिज मर्मतको काम, वैकल्पिक डाइभर्सन बग्नु तथा हेटौंडा–भीमफेदी–सिस्नेरी सडकखण्डमा ढुंगा खस्ने र पहिरो जाने उच्च जोखिमका कारण रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।

ADVERTISEMENT

प्रशासनले यात्रुको सुरक्षा तथा सम्भावित सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन र वैकल्पिक यात्रा योजना बनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

हेर्नुहोस् विज्ञप्ति :