काठमाडौं । वाणिज्य बैंकहरुको खुद मुनाफा बढेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको ११ महिना अर्थात जेठ मसान्तसम्ममा कुल ६४ अर्ब ५६ करोड ३६ लाख ८० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ६२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले कुल ५३ अर्ब ९७ करोड ३४ लाख ७० हजार रुपैंयाँ खुद मुनाफा कमाएका थिए ।

राष्ट्र बैंकका अनुसार चालु आवकोे पछिल्लो ११ महिनामा १४ वटा बैंकको खुद मुनाफा बढेको भएपनि छ वटाको खुद मुनाफा भने गत आवको सोही अवधिको तुलनामा घटेको छ । यस अवधिमा ग्लोवल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र एनआईसी एशिया बैंकको खुद मुनाफामा केही कमी आउँदा नबिल, माछापुच्छे«, कुमारी, एनएमबी सहितका १४ वटा बैंकहरुको खुद मुनाफा बढेको छ ।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार चालु आवको जेठ मसान्तसम्ममा नबिल बैंकले आठ अर्ब ४९ करोड २२ लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा ग्लोवल आईएमई बैंकले पाँच अर्ब ९७ करोड ८३ लाख ४० हजार रुपैैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा क्रमशः छ अर्ब ४० करोड ८३ लाख ३० हजार र छ अर्ब तीन करोड ६४ लाख २० हजार रुपैंयाँ रहेको थियो । चालु आवको जेठ मसान्तसम्ममा कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट र प्राईम कर्मशियल बैंकले क्रमशः चार अर्ब ७० करोड ६९ लाख ५० हजार, चार अर्ब ४९ करोड ११ लाख, चार अर्ब १२ करोड ३४ लाख २० हजार र तीन अर्ब ७४ करोड ९५ लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः तीन अर्ब ७१ करोड ८० हजार, पाँच अर्ब ६८ करोड ८१ लाख ८० हजार, चार अर्ब २४ करोड छ लाख ८० हजार र दुई अर्ब ९० करोड ५० लाख रुपैैंयाँ खुद मुनाफा कमाएका थिए ।

चालु आवको जेठ मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, नेपाल बैंक, सानिमा बैंक र लक्ष्मी सनराईज बैंकले पनि क्रमशः तीन अर्ब ७२ करोड ४८ लाख ७० हजार, तीन अर्ब ६३ करोड आठ लाख २० हजार, तीन अर्ब ३२ करोड ७६ लाख ७० हजार, तीन अर्ब १२ करोड २३ लाख ७० हजार दुई अर्ब ८९ करोड ३२ लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमश दुई अर्ब २० करोड ६४ लाख ४० हजार, तीन अर्ब तीन करोड १२ लाख २० हजार, तीन अर्ब सात करोड पाँच लाख ८० हजार, दुई अर्ब १५ करोड ५६ लाख ९० हजार र दुई अर्ब ५७ करोड ९२ लाख रुपैंयाँ खुद मुनाफा कमाएका थिए । सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड चार्टड, माछापुच्छे« र कृषि बिकास बैंकले पनि चालु आवको जेठ मसान्तसम्ममा क्रमशः दुई अर्ब ८० करोड १६ लाख ८० हजार, दुई अर्ब ६२ करोड ४१ लाख ५० हजार, दुई अर्ब ७० करोड ७१ लाख १० हजार र एक अर्ब ९५ करोड ८९ लाख २० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा क्रमशः दुई अर्ब २१ करोड ८१ लाख ३० हजार, दुई अर्ब ७२ करोड ६२ लाख, एक अर्ब ५० करोड ९२ लाख ५० हजार र एक अर्ब ८१ करोड ९३ लाख ६० हजार रुपैैंयाँ खुद मुनाफा कमाएका थिए ।

ADVERTISEMENT

चालु आवको जेठ मसान्तसम्ममा नेपाल एसबिआई, सिटिजन्स र प्रभु बैंकले पनि क्रमशः एक अर्ब ८३ करोड ८४ लाख २० हजार, एक अर्ब ७४ करोड ६१ लाख ३० हजार र एक अर्ब ५० करोड ४८ लाख ३० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः एक अर्ब ५४ करोड ९२ लाख ५० हजार, एक अर्ब ४१ करोड १४ लाख ३० हजार र २३ करोड १२ लाख रुपैैंयाँ खुद मुनाफा कमाएका थिए । हिमालयन बैंक र एनआईसी एशिया बैंकले पनि चालु आवको जेठ मसान्तसम्ममा क्रमशः एक अर्ब १६ करोड ४२ लाख ७० हजार र ५० करोड ७७ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि बैंकहरुले क्रमशः ९० करोड ५३ लाख ९० हजार र ८२ करोड ९७ लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाएका थिए ।

वाणिज्य बैंकहरुले चालु आवको जेठ मसान्तसम्ममा कमाएको खुद मुनाफा (रकम रु १० लाखमा)