काठमाडौं । श्रीमतीको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार दुवैलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। आदेशपछि उनीहरूलाई कारागार चलान गरिएको छ।

ADVERTISEMENT

नेपाली सेनामा सुवेदार पदमा कार्यरत ईश्वरी भुजेलको हत्या प्रकरणमा प्रहरीले कुमार थापासहित तीन जनालाई पक्राउ गरेको थियो।

ADVERTISEMENT

अदालतले भने थापाका साथी पुजन र उनका भाइ विक्रमलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रहरीको अनुसन्धानअनुसार विवाहेत्तर सम्बन्धका कारण उत्पन्न पारिवारिक विवादपछि ईश्वरी भुजेलको हत्या भएको देखिएको छ। घटनाबारे थप कानुनी प्रक्रिया अघि बढिरहेको छ।

ADVERTISEMENT