काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन बजारमा एसपीजी अटोमोबाइल्समार्फत ओमोडा इस५ प्रो सार्वजनिक गरिएको छ । नाममा प्रो थपिएसँगै अहिले धेरैलाई यसमा नयाँ के छ भन्ने चासो उत्पन्न भएको छ ।

कम्पनीले ओमोडा इस५ प्रोलाई स्ट्यान्डर्ड इ५ को तुलनामा अझ आधुनिक, प्रविधिमैत्री र परिष्कृत संस्करणका रूपमा प्रस्तुत गरेको जनाएको छ । यसमा सुधारिएको केबिन डिजाइन, हावाको प्रवाह हुने सिट, उच्च गुणस्तरका भित्री सामग्री तथा आकर्षक फिनिसिङ प्रयोग गरिएको छ, जसले यात्रालाई अझ सहज र प्रिमियम अनुभूति दिने अपेक्षा गरिएको छ ।

बाहिरी स्वरूपमा पनि केही उल्लेखनीय परिवर्तन गरिएको छ । नयाँ रोबो शार्क डिजाइन अवधारणा, एलइडी डे–टाइम रनिङ लाइट, १८ इन्चका स्पोट्र्स एलोय ह्विल तथा विद्युतीय सनरुफ जस्ता विशेषताले यसलाई स्ट्यान्डर्ड भ्५ भन्दा अझ आकर्षक बनाएका छन् ।

ADVERTISEMENT

ओमोडा इस५ प्रोमा ६० दशमलव ७ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा करिब ४३० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । साथै, २८८ न्युटन–मिटर टर्क र १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स ले विभिन्न सडक अवस्थाका लागि पनि यसलाई उपयुक्त बनाउने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

डीसी फास्ट चार्जिङको सहायताले करिब २८ मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । तर, अहिले सबैभन्दा बढी चर्चा भने यसको मूल्यलाई लिएर भइरहेको छ । ओमोडा इस५ प्रोको सुरुआती मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ, जुन स्ट्यान्डर्ड इ५को सुरुआती मूल्यभन्दा पनि कम हो ।

ADVERTISEMENT

यसबाट ओमोडाले केवल नयाँ सुविधा थप्ने मात्र होइन, अझ प्रतिस्पर्धी मूल्यसहित नेपाली विद्युतीय सवारीसाधन बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने रणनीति अघि सारेको देखिन्छ ।