एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको छ। यसका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ चुक्ता पूँजीका आधारमा हकप्रद शेयर जारी गर्न लागेको हो। बैंकको विद्यमान चुक्ता पूँजीलाई आधार मानेर प्रत्येक दुई कित्ता साधारण शेयर बराबर एक कित्ता (२ः१) हकप्रद शेयर जारी गरिनेछ।

ADVERTISEMENT

यस योजनाअनुसार बैंकले कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्नेछ। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका आधारमा निष्काशन हुने उक्त शेयरको कुल आकार ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबर हुनेछ।

ADVERTISEMENT

बैंकले आवश्यक नियामकीय स्वीकृति तथा अन्य प्रक्रिया पूरा गरेपछि हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ। हकप्रदबाट प्राप्त हुने रकम बैंकको पूँजी आधार थप सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात बलियो बनाउन तथा दीर्घकालीन व्यवसाय विस्तार र रणनीतिक योजनाहरू कार्यान्वयनमा परिचालन गरिने बैंकले जनाएको छ।

हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल तथा एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

ADVERTISEMENT

News Tags: ए