काठमाडौं । झन्डै दुई तिहाइ बहुमतको रास्वपा सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गरेको छ ।

स्वास्थ्य बीमा बोर्डले आर्थिक अभावको कारण देखाउँदै देशभरका निजी अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले बुधबारदेखि जारी गरेको सूचनाअनुसार जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट दिइँदै आएका बीमासम्बन्धी नियमित सेवा बन्द हुनेछन्।

ADVERTISEMENT

यस निर्णयसँगै अब स्वास्थ्य बीमा गरेका नागरिकले निजी अस्पतालमा ओपीडी सेवा, स्वास्थ्य परीक्षण, शल्यक्रिया, औषधि तथा नियमित उपचार सहज रूपमा पाउने छैनन्।

ADVERTISEMENT

आकस्मिक सेवा भने यथावत रहने बताइएको छ। देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध ३६ वटा निजी अस्पताल तथा मेडिकल कलेज प्रत्यक्ष प्रभावित हुने भएका छन्।

ADVERTISEMENT

बोर्डले स्वास्थ्य बीमाको थैली पनि जेठ १६ गतेदेखि लागू हुनेगरी परिवर्तन गरेको छ । स्वास्थ्य बीमाका कारण देशका लाखौं नागरिकले उपचारमा सुविधा पाउने गरेका थिए । आफूले रोजेको अस्पताल र चिकित्सकसँग गुणस्तरीय उपचार सेवा लिन पाएका थिए ।