काठमाडौं । नेपालको अग्रणी डिजिटल प्लेटफर्म DGO ले दक्षिण एसियाली फुटबल महासंघ (SAFF) महिला च्याम्पियनसिपको नेपालका लागि आधिकारिक प्रसारण साझेदारको रूपमा सम्झौता गरेको घोषणा गरेको छ।

साफ महिला च्याम्पियनसिप २०२६ आगामी ११ देखि २२ सम्म भारतमा आयोजना हुँदैछ। यसअघि DGO ले आउँदो फिफा विश्वकप २०२६ को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रसारण अधिकार प्राप्त गरेको थियो।

ADVERTISEMENT

‘नेपाली फुटबल समर्थकहरूका लागि महिला साफ च्याम्पियनसिपको अधिकार प्राप्त गर्नु हाम्रो लागि ठूलो उपलब्धि हो । यो प्रतियोगिता नेपालमा डिजिटल रूपमा DGO मा उपलब्ध हुनेछ,’ DGO का स्पोर्ट्स हेड बिपुल भट्टराईले भने, ‘हामीले DGO मा खेलकुदको एउटा यस्तो बलियो पूल  बनाएका छौं, जहाँ दर्शकहरूले फुटबलको स्थानीय क्रेज  रFIFA को विश्वव्यापी रोमान्सदेखि CAVA भलिबलको उत्साहसम्म सबै कुरा एकै ठाउँमा ब्याक टु ब्याक उपभोग गर्न पाउनेछन्। महिला फुटबलको यो दक्षिण एसियाली महाकुम्भलाई घरघरसम्म पुर्‍याउन पाउँदा हामी गौरवान्वित छौं।’

DGO ले यो ब्याक टु ब्याक यात्रामार्फत नेपालको डिजिटल मनोरञ्जन र खेलकुद प्रसारणको परिदृश्यलाई पूर्ण रूपमा परिवर्तन गरेको छ।

ADVERTISEMENT