काठमाडौं । कास्कीकाे लिचीबारी जग्गा प्रकरणमा एमाले नेता एवं पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले बदर गरिदिएको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको बुधबारको इजलासले गुप्तालाई ५० लाख नगद धरौट वा सोबराबरको बैंक ग्यारेन्टी वा जेथा जमानतमा तारेखमा छाड्न आदेश दिएको हो।

पोखराको बाटुलेचौरस्थित लिचीबारी जग्गा प्रकरणमा ७८ लाख घुस लेनदेन भएको ठहर गर्दै गुप्तासहित दुई पूर्वमन्त्रीसमेत सातविरुद्ध ०८२ असोज २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेषले गुप्तालाई थुनामा पठाउन आदेश गरेको थियो।

ADVERTISEMENT

अन्य प्रतिवादीको हकमा विशेषको आदेश बेरितको नदेखिँदा परिवर्तन गर्नु नपर्ने सर्वोच्चको ठहर छ। यो घटनामा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि मुछिएकी थिइन् । गुप्ता अघिल्लाे निर्वाचनमा पर्सा ३ बाट विजयी भएका थिए ।

ADVERTISEMENT