काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलका ‘एलएस होराइजन १२’ फण्डमा आवेदन दिने म्याद थप गरिएको छ । गत वैशाख ३० गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको इकाईमा आवेदन दिने समय आठ दिन समय लम्बिएको छ ।

लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस १२ वर्षे बन्दमुखी (Close-ended) योजनाको इकाइ खरिदका लागि अब जेठ १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । तर, मागभन्दा बढी आवेदन परेमा सो भन्दा अगाडि नै जुनसुकै बेला पनि निष्कासन तथा बिक्री बन्द गरिने क्यापिटलले जनाएको छ ।

ADVERTISEMENT

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । यसरी निष्कासन गरिएको कुल इकाईमध्ये बीज पूँजीबापत १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंकका लागि सुरक्षित राखिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ ।

इच्छुक लगानीकर्ताहरूले न्यूनतम १०० इकाइदेखि अधिकतम एक करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले नै सम्हालेको छ ।

ADVERTISEMENT

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा  (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।