काठमाडौं । राष्ट्रिय युवा संघको ३७औं स्थापना दिवसको अवसरमा ‘१० के एनवाईएफएन रन’ शुक्रबार काठमाडौंमा भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ युवाहरुलारुई खेलकुद, अनुशासन, स्वास्थ्य सकारात्मक सोच तथा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले १० के रन आयोजना गरिएको युवा संघ नेपालका केन्द्रीय अध्यक्ष माहाराज गुरुङले जनाए।
नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको रन बिहान साढे ६ बजे त्रिपरेश्वरस्थित दशरथ रंगशालबाट सुरु भई कोटेश्वोरको फन्को मारेर दशरथ रंगशालामै पुगेर टुंगिएको थियो।
नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरेपश्चात सुरु भएको १० के रनमा शीर्ष पाँच स्थानमा आउने खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन्।
रनमा क्रमशः प्रथम राजन रोकाया (२९ः५६.९), दोस्रो खड्कबहादुर खड्का (३०ः२६.७), तेस्रो मुकेशबहादुर पाल (३१ः००.२), चौथो सञ्जय श्रेष्ठ (३१ः०७.४) र पाँचौँ सुशील शाही (३२ः०७.६) भएका थिए।









