काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। एक समारोहबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

आफ्नो सवारी फिर्ता पाएपछि सवारीधनीहरूले खाँदा लगाएर ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्।

ADVERTISEMENT

यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यातायात व्यवस्था विभागले पटक–पटक कारबाहीमा परेका ३१ वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरिएको एमएसपी नवराज अधिकारीले जानकारी दिए।

ADVERTISEMENT