काठमाडौं । बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र सुकुम्बासी बस्तीभित्र रहेको पाथीभरा देवीको मन्दिर डोजर लगाएर भत्काइएको छ।

२०७८ कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा शुक्रबार वैशाख शुक्ल पूर्णिमाका दिन भत्काइएको हो। कम्तीमा बुद्ध जयन्तीका दिन नभत्काउनु भनेर आग्रह गरेको स्थानीयले बताएका छन्।

सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने क्रममा गुम्बा र मन्दिर दुवै भत्काइएको हो। काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्वपूर्ण सामग्री बाहिर निकालिएको थियो।

ADVERTISEMENT

ADVERTISEMENT

 

ADVERTISEMENT