काठमाडौं । वैशाख महिनाका लागि सात बैंकले ब्याजदर घटाएका छन् । १२ बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ ।

बैंकले वैशाखमा व्यक्तिगततर्फ ०‍.०४ प्रतिशत बढाएर ४.१५ प्रतिशत र संस्थागततर्फ ०.०३ प्रतिशत बढाएर २.७८ प्रतिशत बिन्दु ब्याजदर तोकेको छ । बैंकहरुले २०८३ वैशाख महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार यस्तो देखिएको हो। यसअघि चैतमा व्यक्तिगतको ४।११ प्रतिशत र संस्थागतको २.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

वैशाख महिनाका लागि १९ बैंकको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ। चैत महिनाका लागि यस्तो निक्षेपमा चार बैंकहरुले अधिकतममा ५ प्रतिशत ब्याजदर दिँदै आएकोमा तीन बैंकहरुले ब्याजदर घटाएपछि १९ बैंकहरुको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको हो।

ADVERTISEMENT

चैत महिनाका लागि हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ५ व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए। जसमध्ये हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंकले ब्याजदर घटाएर ५ प्रतिशतभन्दा तल झारेका हुन्। एनएमबि बैंकले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ।

ADVERTISEMENT

समीक्षा अवधिमा २० वाणिज्य बैंकहरुको अधिकतम ब्याजदरको औसत ०.०९४ प्रतिशतविन्दु घटेको छ। चैतमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.४९४ प्रतिशतविन्दु थियो। जुन वैशाखका लागि घटेर ४.४ प्रतिशतविन्दुमा झरेको हो।

ADVERTISEMENT

सात बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर घट्न पुगेको हो। बैशाखका लागि स्ट्रयाण्डर्ड चार्टर्ड, कुमारी, एभरेष्ट, सिद्धार्थ, सिटिजन्स, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका हुन्।

संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.०६३ प्रतिशतविन्दु घटेको छ। चैत महिनामा ३.२९२५ प्रतिशतविन्दु रहेको यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत, वैशाखका लागि घटेर ३.२२९५ प्रतिशतविन्दुमा झरेको छ।