काठमाडौं । इजरायली आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजीसी) का गुप्तर प्रमुख माजिद खादेमी मारिएका छन् ।

इजरायली रक्षामन्त्री इजरायल काट्ज र इजरायली रक्षा बल (आईडीएफ) ले खादेमीको हत्याको जिम्मेवारी लिएको बीबीसीले जनाएको छ । आईआरजीसीले विज्ञप्ति निकालेर गुप्तचर प्रमुख मारिएका पुष्टि गरेको छ ।

ADVERTISEMENT

गत वर्ष जुनमा भएको १२ दिने युद्धका क्रममा इजरायली आक्रमणमा मोहम्मद काजेमी मारिएपछि खादेमी आईआरजीसीको गुप्तचर प्रमुख नियुक्त भएका थिए । खादेमीले गत जनवरीमा भएको सरकार विरोधी प्रदर्शनमा अमेरिका, इजराइललगायत १० देशका जासुसी संस्थाको भूमिका रहेको दाबी गरेका थिए ।

ADVERTISEMENT

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि संयुक्त आक्रमण सुरू गर्दै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित कैयौँ वरिष्ठ अधिकारीहरूको हत्या गरेको थियो ।