काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । विजयी पाण्डेले ५१४ मत र उनका प्रतिस्पर्धी एडी लामाले ४१३ मत प्राप्त गरे ।

अध्यक्षमा निर्वाचित पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा एएसी ब्रिक उत्पादक संघका अध्यक्षसमेत हुन् । उनी निर्माण व्यवसायसँगै एक युवा उद्यमीका रूपमा पनि परिचित छन् । वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् ।

ADVERTISEMENT

महासचिवमा निर्वाचित शिवहरि घिमिरेले ५२७ मत र प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरे ।

ADVERTISEMENT

कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा सहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भए ।

नीतिगत उपमहासचिवमा मंगल शाही, आन्तरिक उपमहासचिवमा सन्तोष शाह, महिलातर्फको उपाध्यक्षमा गंगा पोखरेल र कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी भए । सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् ।

ADVERTISEMENT

nullnull