काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पूर्वउर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्का पनि अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सोमबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

ADVERTISEMENT

आइबार बिहान निवासबाटै पक्राउ परेका खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट सात दिनको म्याद थप गरेर पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा राखेको थियो । तर राति तारन्तार वान्ता भएपछि उनलाई शिक्षण अस्पताल भर्ना गरिएको हो ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पनि शनिबार साँझदेखि शिक्षण अस्पतालमै उपचाररत् छन् । ओलीकै क्याबिनेटमा खड्का ऊर्जामन्त्री थिए । सम्पत्ति शुद्धीकरण विभागले खड्काको चलअचल र विदेशमा रहेका सम्पत्तिको पनि छानबिन गर्ने भएको छ ।

ADVERTISEMENT