काठमाडौं । कामना सेवा विकास बैंक र चितवन ग्रान्ड रेजेन्सी रिसोर्टबीच सेवा शुल्क छुटबारे सम्झौता भएको छ ।
छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द« भण्डारी र होटलका प्रबन्ध निर्देशक जनार्धन रिजालले हस्ताक्षर गरेका छन् ।
भरतपुरस्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग भएको सम्झौतापछि बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जनाइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।








