काठमाडौँ । ललितपुर १ का सांसद बुद्धरत्न महर्जन घाइते भएका छन्। गोदावरी–५, लेलेमा आयोजित मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनामा महर्जनको खुट्टामा चोट लागेको जनाइएको छ। दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि पाटन अस्पताल लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ।
चिकित्सकका अनुसार उनको अवस्था सामान्य रहेको बताइएको छ। याे घटनापछि आइतबारका लागि तय गरिएको मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रम स्थगित गरिएको महर्जनकाे निजी सचिवालयले जनाएकाे छ ।









