काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्य लीमा अधिकारीले पदबाट राजीनामा दिएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य बनेपछि उनले निफ्राबाट बिदा लिएकी हुन्। पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन्।

उनी पछिल्लोपटक गत २३ मंसिरमा सातौं वार्षिक साधारणसभाबाट दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन्।

ADVERTISEMENT

‘करिब साढे चार वर्षको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को बोर्ड अफ डिरेक्टरको रूपमा मेरो यात्रा आजबाट औपचारिक रूपमा समापन भएको छ,’ अधिकारीले भनिन्, ‘देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने यस गरिमामय संस्थासँग आबद्ध हुन पाउनु मेरा लागि एक महत्त्वपूर्ण उपलब्धि हो।’

ADVERTISEMENT