काठमाडौं । महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता– संस्करण ३ का विजेतालाई पुरस्कार वितरण गरिएको छ । बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।

०८२ भदौ ११ देखी असोज ३१ गतेसम्म विभिन्न फोटोहरु संकलन गरिएको थियो । प्रतियोगितामा सहभागी हुन स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियमअनुसार विभिन्न फोटोग्राफरहरूमार्फत फोटोहरू प्राप्त भएका थिए । प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरुमार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्रतियोगिताको मूल्यांकनका लागि छानिएको तीन सदस्यीय निर्णायक समितिमार्फत १५ वटा उत्कृष्ट तस्बिर छानिएको थियो ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय स्थान र पब्लिक च्वाइस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार वितरण गरिएको हो । प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोख्रेल तेस्रो भए । विजेताले प्रमाणपत्रका साथमा क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

सबैभन्दा बढी भोट प्राप्त गरी शर्मन राजभण्डारीले पब्लिक च्वाइस अवार्ड जितेका छन् । उनले प्रमाणपत्रका साथै १० हजार रुपैयाँ प्राप्त गरे । बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । यस संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशिमा समेत वृद्धि गरिएको थियो । यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रबद्र्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।