काठमाडौं । यस वर्षको मेन सिटिजन्स एसपाइरिङ म्यानेज अवार्ड गौरव उप्रेतीलाई प्रदान गरिएको छ । पुरस्कार नेपाल व्यवस्थापन संघको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा शनिबार घोषणा गरिएको हो ।

पुरस्कार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रदान गरेका हुन् । पुरस्कारको चयन प्रक्रियामा सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन संघका पदाधिकारीहरुको एक समितिले गरेको हो ।

पुरस्कृत मेन सिटिजन्स एसपाइरिङ म्यानेज अवाडले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने र यसले भविष्यका म्यानेजमेन्ट पेसेवरहरूलाई प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल व्यवस्थापन संघबीच गत वर्ष एमबिए तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले मेन सिटिजन्स एसपाइरिङ म्यानेज अवार्ड स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । सम्झौताअनुसार, प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबिएमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ५१ हजार रुपैयाँको पुरस्कार प्रदान गरिनेछ ।

सटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।