ललितपुर। ललितपुरको छायबहालमा सञ्चालित होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ ओैं बार्षिक साधारणसभा सम्पन्न गरेको छ।सहकारीले संस्थाका जेष्ठ सदस्य सानुबाबु महर्जनको प्रमुख आतिथ्यतामा आफ्नै कार्यालय परिसरमा पुस ३० गते बुधबार १७ओैं साधारणसभा सम्पन्न गरेको हो।

“समुन्नत भविष्यको लागि बचत गर्ने बानी बसालौं” भन्ने नाराका साथ सदस्य केन्द्रीकृत भएर कारोबार गर्दै आएको यस सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा ५ सय ९४ जना शेयर सदस्यहरुमध्येबाट ४१ लाख ४९ हजार ७ सय रुपैया शेयर रकम संकलन गरेको छ । संस्थाले यस आर्थिक बर्षमा ६ करोड२९ लाख ९४ हजार १ सय ९७ रुपैयाँको कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष मुकुन्द महर्जनले जानकारी दिए । संस्थाले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा ५ करोड ४४ लाख ८५ हजार ६ सय ६६ रुपैयाँ बचत संकलन गरेको संस्थाका व्यवस्थापक करुणा राजभण्डारीले जानकारी दिए।








