काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बोनस सेयरको कर प्रयोजनको लागि पनि निर्णय भएको छ।

साधारणसभामा सञ्चालक समितिको निर्वाचन कार्यक्रम अनुसार सर्वसाधारण शेयरधनीको तर्फबाट वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध सञ्चालक पदमा चयन गरिएको छ। डा. विष्ट यसअघि पनि बैंकको सञ्चालक रहेका थिए।

ADVERTISEMENT

सभाको अवसरमा अध्यक्ष श्रेष्ठले शेयरधनी, ग्राहक र सम्बन्धित सबैलाई धन्यवाद दिँदै बैंकले आगामी दिनमा पनि सेवा र शाखा विस्तार गर्दै शेयरधनीलाई यथोचित प्रतिफल दिने प्रतिवद्धता व्यक्त गरे। साथै, ग्राहक केन्द्रित डिजिटल समाधान मार्फत बैंकको सेवा आधुनिक र सरल बनाउने उद्देश्य पनि साझा गरे।

ADVERTISEMENT