काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले सञ्चालक पदमा अनुपा प्रधान राजभण्डारीलाई नियुक्त गरेको छ। बैंकको २८औँ वार्षिक साधारणसभाको निर्णयका आधारमा उक्त नियुक्ति गरिएको हो।

बैंकका अनुसार सञ्चालक गणेश मान श्रेष्ठको ४ बर्षे पदावधि बाँकी रहदै राजिनामा दिएकाले ७४६ औं बैठकले स्वीकृत गरि  उक्त पद रिक्त भएकाले सो अवधिका लागि सर्वसाधारण सेयरधनी समूहबाट अनुपा प्रधान राजभण्डारीलाई सञ्चालकमा नियुक्त गरिएको हो। उक्त नियुक्ति बैंक सञ्चालक समितिको ७४७ औं बैठकबाट स्वीकृत भइसकेको जनाइएको छ।

ADVERTISEMENT

एन आई सी एशिया बैंकले संस्थागत सुशासन सुदृढ गर्दै सञ्चालक समितिलाई थप सशक्त बनाउने उद्देश्यका साथ यो निर्णय गरिएको जनाएको छ।

ADVERTISEMENT

यस नियुक्तिसँगै बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व निरन्तर कायम रहेको छ ।