काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि ‘एनआईएमबी युनियन–पे कार्ड’ सेवा सुरु गरेको छ। बैंकले आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित यस कार्डको औपचारिक शुभारम्भ गरेको हो।

बैंकका अनुसार, युनियन–पे कार्डको सुरुवातसँगै सुरक्षित, भरपर्दो र विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः पुष्टि गरिएको छ। शुभारम्भको अवसरमा बैंकले पाँच (५) वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुटको विशेष प्रारम्भिक अभियानको व्यवस्था पनि गरेको छ।

सीमित अवधिका लागि उपलब्ध यस अफरमार्फत ग्राहकहरूले कुनै शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन्। इच्छुक ग्राहकहरूलाई समयमै आवेदन दिन बैंकले आग्रह गरेको छ।

ADVERTISEMENT

यस कार्डको शुभारम्भमार्फत बैंकले डिजिटल बैंकिङ प्रणालीलाई अझ सुदृढ बनाउँदै कार्ड–आधारित कारोबारमा ग्राहकहरूलाई बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको छ। बैंकले आगामी दिनहरूमा पनि नवीन तथा ग्राहक–मैत्री वित्तीय सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

ADVERTISEMENT

हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकसँग २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ सेवा मार्फत अत्याधुनिक बैंकिङ सेवा उपलब्ध छन्।

ADVERTISEMENT